प्रमुखबिहीन बनेपछि सुदूरपश्चिम स्वास्थ्य आपूर्ति केन्द्रलाई सामग्री खरिदमा समस्या



Download our app to get more features

धनगढी, १९ पुस । प्रमुखबिहीन बनेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा कर्मचारी अभावले झनै समस्या सिर्जना भएको छ ।

प्रदेशभरका स्वास्थ्य उपकरण एवंम् औषधि आपुर्ति गर्दै आएको केन्द्रमा कोभिड महामारीका बेला कर्मचारी अभाव भएपछि थप समस्या सिर्जना भएको हो । 

उच्च अदालत दिपायलको आदेशपछि निमिक्त प्रमुखको जिम्मेवारीबाट डा. निरज अर्याल हटाइएपछि सो कार्यालय प्रमुखबिहीन बनेको छ । हाल आपूर्ति व्यवस्थापन केन्द्रको निमिक्त प्रमुखको जिम्मेवारी सातौ तहका पदम बिष्टलाई दिइएको छ । सातौं तहकालाई जिम्मेवारी दिइएपछि ठूलो रकम र पूर्व प्रमुखहरुले गरेको सम्झौतालगायतका महत्वपूर्ण कार्य सम्पादनका लागि मन्त्रालय नै धाउनुपर्ने अवस्था सिर्जना भएको छ । 

सातौं तहका निमित्त प्रमुखले बढीमा एक करोड रुपैयाँ मूल्यका स्वास्थ्य सामग्री खरिद, ३ करोडसम्मका सामग्रीकोे ठेक्का दिन मिल्ने बताइएको छ । तर पूर्व प्रमुखले गरेका ठेक्कामा म्याद थप लगायतका काम गर्न नपाउने कानूनी प्रावधान छ ।

केन्द्रको प्रमुखको लागि ११ तहको हुनुपर्ने प्रावधान रहेको छ । तर, कार्यालय प्रमुखका लागि ११ औँ तहको कर्मचारी नभएको भन्दै सातौं तहका बिष्टलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले बताए ।

उनले भने “काम प्रभावित भएको छैन । तर निमिक्त प्रमुखको जिम्मेवारी सातौ तहका लेखा अधिकृतलाई दिइएको छ । उहाँको ठाउँमा लेखा नियनणकको कार्यालयबाट अधिकृत आउनु भएको छ । उहाँले लेखाको काम गर्नु हुनेछ ।’

कोरोना महामारीका बेला केन्द्रमा प्रमुख नै नभएपछि महत्वपूर्ण काम प्रभावित भएका छन् । सातौ तहका निमित्त प्रमुखले बढीमा एक करोड रुपैयाँ मूल्यका स्वास्थ्य सामग्री खरिद, ३ करोडसम्मका सामग्रीकोे ठेक्का दिन मिल्ने बताइएको छ । तर पूर्व प्रमुखले गरेका ठेक्कामा म्याद थप लगायतका काम गर्न नपाउने कानूनी प्रावधान छ । सो प्रावधान अनुसार आपूर्ती व्यवस्थापन केन्द्रले एक करोड बढि मुल्का सामाग्री खरिद, ३ करोड बढीको ठेक्का र पूर्व प्रमुखले गरेका सम्झौतामा म्याद थपका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वीकृती लिनुपर्ने प्रावधान रहेको श्रेष्ठले बताए । 

तर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले काम प्रभावित हुुन नदिने बताए । 

उनले भने, लेखा अधिकृतलाई निमिक्त प्रमुखको जिम्मेवारी दिइएको छ । कार्यालयको काम प्रभावित हुँदैन् । ठूलो कामका लागि मन्त्रालय आउनुहुन्छ ।’

Last modified on 2021-01-04 15:27:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts