देशभर १ हजार ९६६ कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं, १९ पुस । देशभर हाल १ हजार ९ सय ६६ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ५ हजार ४ सय ८७ कुल सक्रिय संक्रमितमध्ये १ हजार ९ सय ६६ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ५ सय २१ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
प्रदेश १ मा ९१, प्रदेश २ मा ३६, बागमती प्रदेशमा ७ सय ६, गण्डकी प्रदेशमा २ सय ९७, लुम्बिनी प्रदेशमा ४ सय ६७, कर्णालीमा ३२ र सुदूरपश्चिममा ३ सय ३७ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, देशभर हाल २ सय ३४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ९९ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Last modified on 2021-01-03 16:58:13