काठमाडौं उपत्यकामा १९७ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, १९ पुस ।  पछिल्लो २४ घण्टामा काठमाडौं ८७ महिला र १ सय १० पुरुष गरी १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। 

योसँगै उपत्यकामा एक लाख २० हजार ८ सय ५६ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १ सय ६०, ललितपुरमा २६ र भक्तपुरमा ११ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

हालसम्म काठमाडौंमा मात्र ९७ हजार ६सय ८ जना संक्रमित भएका छन्, जसमध्ये ४ सय ७५ जनाको मृत्यु भएको छ। हालसम्म ९४ हजार ५ सय ६२ सय जना निको भएका छन्।

ललितपुरमा १५ हजार ३ सय ३० जना संक्रमित भएका छन्। जसमा १ सय ४६ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ८ सय ६१ जना निको भएका छन्।

भक्तपुरमा ८ हजार ९ सय १८ संक्रमितमध्ये १ सय ७ जनाको मृत्यु भएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts