पछिल्लो २४ घण्टामा ४२१ कोरोना संक्रमित थपिए,६३७ जना डिस्चार्ज 



Download our app to get more features

काठमाडौं, १९ पुस । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित छन्।

गएको २४ घण्टामा ५ हजार ८ सय जनाको पिसिआर परीक्षण गर्दा ४ सय २१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४८ हजार ५ सय २ पुगेको छ। 
 गएको२४ घण्टामा ६ सय ३७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, आईतबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन्।

Last modified on 2021-01-04 09:57:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts