भ्रष्ट र विवादितलाई पदाधिकारीमा पुनः नियुक्त नगर्न डा. केसीको आग्रह



Download our app to get more features

काठमाडौं, १९ पुस । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले भ्रष्ट र विवादित पदाधिकारीलाई विश्वविद्यालयको पदाधिकारीमा पुनः नियुक्त नगर्न आग्रह गरेका छन्।

आइतबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भइरहेको चलखेलप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै भ्रष्ट र विवादितलाई पदाधिकारीमा पुनः नियुक्त नगर्न आग्रह गरेका हुन्। 

डा. केसीले वरिष्ठता र कार्यक्षमताका आधारमा विश्वविद्यालयमा पदाधिकारी नियुक्त हुनुपर्ने मागसमेत राखेका छन्।
हामीसित सम्झौता भए बमोजिम नयाँ कानुन नबनुन्जेल वरिष्ठता तथा कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्ति गर्न तथा काठमाडौं विश्वविद्यालयका भ्रष्ट र विवादित पदाधिकारीहरुलाई फेरि नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराउँछौं, डा. केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

विश्वविद्यालय सुधारका लागि पदाधिकारी नियुक्तिमा दलीय भागबन्डाको अन्त्य हुनुपर्नेसमेत उनको माग छ। पछिल्लो सत्याग्रहपछि नियुक्ति प्रक्रियामा सुधारका लागि कानुनी व्यवस्था गर्ने सम्झौता भएको तर कार्यान्वयनमा सरकारले चासो नदेखाएको उनको भनाइ छ।

Last modified on 2021-01-04 09:53:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts