सुरक्षा नभएको भन्दै कीर्तिपुर अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द



Download our app to get more features

काठमाडौं, १९ पुस । कीर्तिपुर अस्पतालका चिकित्सक र कर्मचारीले आकस्मिक बाहेकका सेवा बन्द गरिएका छन् । नवजात शिशुको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका थिए । शनिबार मृत्यु भएको शिशु अपरेसन गरेर निकालिएपछि उनका आफन्तहरू तोडफोडमा उत्रिएका थिए । 

यो घटनालाई लिएर अस्पतालका चिकित्सक र कर्मचारीले सुरक्षा खतरा भएको भन्दै आइतबार आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको अस्पतालका प्रशासन प्रमुख बसन्त महर्जनले बताए । 

प्रशासन प्रमुख महर्जनका अनुसार उनका आफन्तले अस्पतालभित्र प्रवेश गरेर झ्यालढोका तथा बस्ने कुर्सीहरू तोडफोड गरेका थिए । त्यस्तै एक एम्बुलेन्समा समेत तोडफोड भएको छ ।
हिजो २५ वर्षीया सबिता सुवेदीले शिशुलाई जन्म दिएकी थिइन्। तर नवजात शिशु जन्मने बेलामा नै मृत्यु भएको अस्पतालले जनाएको छ। 

अस्पतालका अनुसार शिशु जन्मिने बेलामा नै एक्कासी धड्कन रोकिएको थियो। अस्पतालले भिडयो एक्सरे गरेर हेर्दा पनि धड्कन चलेको नपाएपछि आफन्तलाई जानकारी गराएको थियो। 
 पीडित पक्षले ६ महिनासम्म सबिताको उपचार तथा स्वास्थ्य हेरचाह गर्ने सहमति भएको बताएको छ । तर अस्पताल प्रशासनले भने त्यस्तो कुनै पनि लिखित सहमति नभएको बताएको छ ।

अहिले प्रहरीले अस्पताल क्षेत्रमा सुरक्षा प्रदान गरिरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts