स्वास्थ्य सेवा विभागले गर्यो एकैपटक १०० नर्सको बढुवा



Download our app to get more features

काठमाडौं, १९ पुस । स्वास्थ्य सेवा विभागले एकैपटक १ सय नर्सिङ स्टाफको स्तरवृद्धि गरेको छ ।
विभागले एक वर्षअघि स्तरवृद्धिका लागि आवेदन दिएका नर्सहरुको बढुवा गरेको हो । चौथो तहका ७३ जना अनमी तथा स्टाफ नर्सको पाँचौ सहायकमा स्तरवृद्धि भएको विभागले जनाएको छ ।  त्यसैगरी पाँचौ सहायकबाट छैटौं अधिकृतमा २७ जनाको स्तरवृद्धि भएको छ । 
उनीहरुको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । नर्सहरुको स्वास्थ्य सेवा ऐन २०५३ संसोधन २०७० को दफा ९ को उपदफा १ अनुसार स्तरवृद्धि गरिएको हो ।

Last modified on 2021-01-03 12:23:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts