काठमाडौं उपत्यकामा १५४ जना संक्रमित थपिए

काठमाडौं, १८ पुस । काठमाडौं उपत्यकामा एक सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। गएको २४ घण्टामा भेटिएका ४ सय १९ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय ५४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौंमा १ सय २४, भक्तपुरमा ५ र ललितपुरमा २५ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९७ हजार ४ सय ४८ पुगेको छ। जसमध्ये ९४ हजार १२ जना उपचारपछि निको भएका छन् भने ४ सय ७३ जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि २ हजार ८ सय ६३ जना सक्रिय संक्रमित छन्।
भक्तपुरमा अहिलेसम्म ८ हजार ६ सय २६ जना संक्रमित उपचारपछि निको भएका छन्। ८ हजार ९ सय ७ कुल संक्रमितमध्ये १ सय ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। भक्तपुरमा अझै पनि १ सय ७५ जना उपचाररत छन्।
यस्तै, ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार ३ सय ४ पुगेको छ। १४ हजार ७ सय ८५ जना डिस्चार्ज हुँदा १ सय ४६ जनाको मृत्यु भएको छ। ललितपुरमा ३ सय ७३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।