चिकित्सकलाई कोराना देखिएपछि महाकाली अस्पतालको शल्यक्रिया सेवा बन्द



Download our app to get more features

कञ्चनपुर, १८ पुस । चिकित्सकलाई कोराना भाइरसको संक्रमण देखिएपछि कञ्चनपुरको महाकाली अस्पतालले शल्यक्रिया सेवा बन्द गरेको छ । 

शल्यक्रियामा रहेका चिकित्सकहरु मध्ये ६ जनामा कोराना संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सबै शल्यक्रिया सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

पुस १९ गतेदेखि अर्को सूचना जारी नहुँदासम्म शल्यक्रिया सेवा बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपेरन्टेन्डेण्ट डा. हरिकुमार श्रेष्ठले बताए ।

Last modified on 2021-01-03 08:43:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts