नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ सय ६४ पुग्यो

काठमाडौं, १७ पुस । नेपालमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ६४ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७१ प्रतिशत हो ।
यस्तै हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये २ सय ३४ जनाको उपचार आईसीयूमा भइरहेको छ भने ३५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
हाल सक्रिय संक्रमितमध्ये २ हजार ८ सय ९० जना होम आइसोलेसनमा रहेका छन् ।
Last modified on 2021-01-02 15:53:54