नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७ प्रतिशत पुग्यो, थप ४ सय २६ मा संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, १७ पुस । गत २४ घन्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ५ हजार २ सय २५ पिसिआर परीक्षण गर्दा १ सय ५३ जना महिला र २ सय ७३ जना पुरुषमा गरी थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप ७ सय ४८ जना कोरोना संक्रमण पश्चात निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ । यो दर कुल संक्रमितको ९७ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ ।

Last modified on 2021-01-02 07:36:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts