थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु, २ सय ३६ जना आईसीयूमा उपचाररत

काठमाडौं, १६ पुस । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ सय ५० नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ५६ पुगेको छ । यो दर कुल संक्रमितको शूल्य दशमलव ७१ प्रतिशत हो ।
यसैगरी हाल नेपालभर सक्रिय संक्रमितमध्ये २ हजार ८ सय ७२ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५ सय ६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये ३६ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ भने २ सय ३६ जना आईसीयूमा उपचाररत रहेका छन् ।
Last modified on 2021-01-02 07:35:21