२४ घन्टामा ६ हजार पिसिआर परीक्षणः ५ सय ३४ जनामा कोरोना पोजेटिभ, ४ सय ४७ स्वस्थ



Download our app to get more features

काठमाडौं, १६ पुस । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २० लाख ६० हजार ५ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार पिसिआर परीक्षण गर्दा थप ५ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार १ सय ९६ महिला र ३ सय ३८ जना पुरुषमा गरी थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप ४ सय ४७ जना कोरोना संक्रमणपछि निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ । यो दर कुल संक्रमितको ९६ दशमलव ८ प्रतिशत हो । 

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ७८ रहेको छ । 

Last modified on 2021-01-02 07:35:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts