धनगढीको कोभिड अस्थायी अस्पतालमा १० शय्याको आईसीयू थपिँदै



Download our app to get more features

धनगढी, १६ पुस । धनगढीको कोभिड अस्थायी अस्पतालमा १० शय्याको आईसीयू थपिँदैछ ।

सेती प्रादेशिक अस्पताल मातहत रहेको कोभिड अस्थायी अस्पतालले गम्भीर प्रकृतिका संक्रमितको उपचारका लागि आईसीयू शय्या थप्न लागिएको हो । 

सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले १० शय्याको आईसीयू सेवा विस्तार गरिने बताए । 

आईसीयूका शय्या विस्तार भएपछि कोरोनाका गम्भीर संक्रमितको उपचारमा सहजता हुने विश्वास व्यक्त गरिएको छ । 

अहिले कोभिड अस्थायी अस्पतालमा ५ वटा भेन्टिलेटरसहित १० शय्याको आईसीयू सेवा सञ्चालमा रहेको छ । गम्भीर संक्रमितको संख्या धेरै हुँदा अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । तर सेवा विस्तार भएपछि केही हदसम्म त्यो बाध्यता कम हुनेछ । 

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा हाल १७ जना संक्रमित उपचाररत छन् ।

उनीहरु मध्ये ३ जना आईसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

उनका अनुसार अहिले धनगढी उप–महानगरपालिकाका मात्र ७ संक्रमित भर्ना भएका छन् ।

Last modified on 2020-12-31 16:03:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts