कोरोना भाइरस फेला परेको एक वर्षः ८ करोड ३० लाखभन्दा बढी संक्रमणको चपेटामा

मृत्यु हुनेको संख्या १८ लाख नाघ्यो, संक्रमितमध्ये ९७ प्रतिशत स्वस्थ



Download our app to get more features

काठमाडौं, १६ पुस । आज डिसेम्बर ३१ तारिख, विश्वमा पहिलो पटक कोरोना भाइरस फेला परेको दिन । चीनको हुवेइ प्रान्तस्थित वुहान शहरमा आजकै दिन कोरोना भाइरसको संक्रमण फेला परेको भनेर बुझिन्छ । हुन त हालसम्म यसको उत्पति कहिलेदेखि भएको हो भन्ने विषयमा कुनै तथ्य फेला परेको छैन । विभिन्न अध्ययन अनुसन्धानले वुहानमा देखिनुभन्दा पहिले नै कोरोना भाइरस पृथ्वीमा रहेको बताइएको छ । तर, अझै यसको अध्ययन हुन बाँकी रहेको छ । 

सन् २०१९ को डिसेम्बर ३१ मा पहिलोपटक चीनको वुहानमा कोरोना भाइरसको संक्रमण देखिएको र पछि महामारीको रुपमा परीणत भएको हो । चीनको वुहान हुँदै मध्यपूर्वी मुलुक इरान, युरोपीय मुलुक इटली हुँदै विश्वभर नै फैलियो । 

हालसम्मको तथ्यांक हेर्ने हो भने कोरोनाका कारण ८ करोडभन्दा बढी संक्रमित भइसकेका छन् भने १८ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । जबकी कोरोनाका कारण संक्रमित भएकामध्ये ५ करोड ८८ लाखभन्दा बढी स्वस्थ भइसकेका छन् ।

एक अंकबाट संक्रमित थपिन सुरु भएपनि हाल लाखमा पुगि सकेको छ । वर्ल्ड मिटरको तथ्यांक अनुसार बुधवारसम्म विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ८ करोड ३० लाख ४३ हजार ६ सय १४ पुगेको छ । पछिल्लो २४ घन्टामा विश्वभर ६ लाख ९८ हजार ३ सय ९६ नयाँ संक्रमित थपिएका छन् ।  

यस्तै हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये झन्डै ५ करोड ८८ लाख ५० हजार ९ सय ८८ जना स्वस्थ भएका छन् । यो दर कुल संक्रमितको ९७ प्रतिशत हो । हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २३ लाख ८१ हजार ८ सय ८३ रहेको छ । 

कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा मात्रै पछिल्लो  २४ घण्टामा २ लाख १४ हजार २ सय ४४ नयाँ संक्रमित थपिएका छन् भने थप ३ हजार ४ सय ४८ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ करोड २ लाख १५ हजार ३ सय ३९ पुगेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ५० हजार ७ सय ४४ पुगेको छ भने संक्रमित भएकामध्ये १ करोड १९ लाख ९८ हजार २ सय ६३ जना स्वस्थ भएका छन् । 

यस्तै कोरोना संक्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा थप २१ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २ सय ९९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २ लाख ६७ हजार ३२ सय ८३ पुगेको छ । हालसम्म भारतमा कोरोनाका कारण संक्रमित भएकामध्ये ९८ लाख ५९ हजार ७ सय ६२ जना स्वस्थ भएका छन् ।
 
वर्ल्ड मिटरको तथ्यांकअनुसार गत २४ घण्टामा बेलायतमा ५० हजार २३, इटलीमा १६ हजार २ सय २, ब्राजिलमा ५५ हजार ८ सय ५३, जर्मनीमा १९ हजार २ सय ८५, रुसमा २६ हजार ५ सय १३, फ्रान्समा २६ हजार ४ सय ५७, कोलम्बियामा ११ हजार ६ सय ३९ तथा इरानमा ६ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Last modified on 2020-12-31 14:36:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts