कोरोना परीक्षणका लागि नमूना संकलन गर्दा हालको बसोबास उल्लेख गर्न मन्त्रालयको आग्रह



Download our app to get more features

काठमाडौं, १५ पुस । सरकारले कोरोना परीक्षणका लागि नमूना संकलन गर्ने क्रममा सर्वसाधारणलाई तोकिएबमोजिमको सहि ठेगाना भर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले सूचना जारी गर्दै कोभिड १९ परीक्षणका लागि व्यक्तिहरुको नमूना संकलन गर्ने क्रममा विभिन्न आ आफ्नो तरिकाले व्यक्तिहरुले ठेगाना लेख्ने गर्नाले सम्बन्धीत व्यक्तिहरुको पहिचान तथा नीजहरु संक्रमण पुष्टि भएमा कामहरु गर्न समस्या भएकाले सरकारले तोके अनुसारको ठेगाना उल्लेख गर्न भनेको हो ।

मन्त्रालयले पटक पटक सम्बन्धीत व्यक्तिको हालको बसोबासको ठेगानालाई आधार मानेर ठेगाना उल्लेख गरिदिन अनुरोध गरेको छ । साथै अब उपरान्त सबै प्रयोगशाला, अस्पताल र सम्बन्धीत सबै निकायहरुले नमूना संकलनकै समयमा सम्बन्धीत व्यक्तिको हालको बसोबासको ठेगाना नै उल्लेख गर्न पनि भनिएको छ ।

मन्त्रालयले यदि सरकारले भने अनुसारको ठेगाना उल्लेख नभएको र समस्या वा उजुरी पर्न आएमा नियमानुसार कारबाही हुने समय बताएको छ ।

Last modified on 2020-12-31 08:54:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts