थप ७ जना कोरोना संक्रमितको मृत्यु, संख्या १८ सय ४७ पुग्यो

काठमाडौं, १५ पुस । नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ४७ पुगेको छ ।
यस्तै हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये २ सय १७ जनाको उपचार आईसीयूमा भइरहेको छ भने ३७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
Last modified on 2020-12-31 07:30:24