नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार नाघ्यो, निको हुने दर ७० प्रतिशत नजिक



Download our app to get more features

काठमाडौं, १५ पुस । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार १ सय १० पिसिआर परीक्षण गर्दा थप ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोभिड १९ सम्बन्धी राष्ट्रिय अपडेट दिने क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घन्टामा थप २ सय ४ जना महिला र ३ सय ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ ला ६० हजार ५ सय ५९ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप ६ सय जना कोरोना संक्रमणपछि स्वस्थ भएका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ । यो दर कुल संक्रमितको ९६ दशमलव ९ प्रतिशत हो । 

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय रहेको छ । जसमा ३ हजार ४ सय ७७ जना संस्थागत आइसोलेसनमा छन् भने २ हजार ८ सय २३ जना होम आइसोलेसनमा रहेका छन् । 

Last modified on 2020-12-31 07:30:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts