नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या साढे ६ हजारभन्दा कम, ६ सय ५९ नयाँ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, १३ पुस । नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या ७ हजारभन्दा कममा झरेको छ ।

पछिल्लो समय नेपालमा परीक्षण दरघट्दै गएपछि सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार नेपालभर हाल जम्मा ६ हजार ४ सय २७ सक्रिय संक्रमित रहेका छन् । 

यस्तै गत २४ घन्टामा थप ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ५ हजार ५ सय ७८ पिसिआर परीक्षण गर्दा २ सय ५२ जना महिला र ४ सय ७ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ । 

यस्तै गत २४ घन्टामा थप ७ सय १८ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये २ लाख ५० हजार ५ सय ८१ पुगेको छ । यो संख्या कुल संक्रमितको ९६ प्रतिशत ८ प्रतिशत हो ।

हाल नेपालभर ३ सय ६९ जना कोरोना संक्रमित क्वारेन्टाइनमा रहेका छन् ।

Last modified on 2020-12-28 17:34:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts