डडेल्धुरामा पहिलोपटक दूरबिनको प्रयोग गरेर एपेन्डिसाइटिसको सफल शल्यक्रिया

डडेल्धुरा, १३ पुस । डडेल्धुरा अस्पतालमा पहिलोपटक दूरबिनको प्रयोग गरेर एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । जिल्ला सदरमुकाममा रहेको अस्पतालमा पहिलो पटक आइतबार राति ल्याप्रोस्कोपिक विधिबाट एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको हो ।
अस्पतालका जनरल सर्जन डा. विजय श्रेष्ठ र एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर प्रमुख डा.तीर्थराज भण्डारी नेतृत्वको चिकित्सकको टोलीले दूरबिनबाट एपेन्डेक्टोमी शल्यक्रिया गरेको हो ।
एपेन्डेक्टोमी भनेको एपेन्डिक्स हटाउने मध्यम शल्यक्रिया हो । एपेन्डिसाइटिस भएपछि एपेन्डेक्टोमी शल्यक्रिया गरेर उपचार गरिन्छ ।
डडेल्धुरा अस्पतालमा पहिलो पटक दूरबिनबाट एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको उनले बताए। अस्पतालले गत असोजदेखि दूरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गर्न थालेको थियो । तर, दूरबिनबाट अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको यो पहिलो पटक हो ।
२० वर्षीया महिलाकोे एपेन्डिक्स हटाउने एपेन्डेक्टोमी शल्यक्रिया गरिएको जनरल सर्जन डा. श्रेष्ठले बताए ।