स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्कीले दिए राजीनामा, स्विकृतिका लागि मन्त्रीपरिषद पठाइने

काठमाडौं, १३ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले राजीनामा दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ मन्त्री आउनासाथ उनले पदबाट राजीनामा दिएका हुन् ।
मन्त्रीपरिषदको बैठकबाट मन्त्रालयको विज्ञ सल्लाहकारको रुपमा नियुक्त भएका डा. कार्कीले आइतबार मन्त्रालय पुगेर राजिनामा बुझाएका छन् । उनले राजीनामा स्विकृतिका लागि मन्त्रालयमार्फत् मन्त्रीपरिषदमा पठाइने बताए ।
गत ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकाल हुँदा मन्त्रालयको विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरिएको थियो ।
विवादीत तत्कालिन स्वास्थ्य मन्त्री ढकालसँगै कार्की पनि विवादमा तानिएका थिए । कोरोना महामारीको क्रममा स्वास्थ्य सामग्री खरिदको क्रममा कार्की पनि विवादमा मुछिएका थिए ।