बेलायतबाट नेपाल आएकाहरुको पिसिआर परीक्षण गर्दै मन्त्रालय

कोरोना पुष्टि भएमा जिन स्विक्वेन्सिङ पनि गरिने



Download our app to get more features

काठमाडौं, १२ पुस । सरकारले बेलायतबाट नेपाल आएकाहरुको आरटी पिसिआर परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारबाट नेपालमा पनि जोखिम हुन सक्ने भन्दै बेलायतबाट आएका २ सय ७७ जनाको पिसिआर परीक्षण गर्ने निर्णय गरेको हो ।
 
बेलायतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रकार देखिएको र तीव्र गतिमा संक्रमण फैलाउँदै गएपछि सरकारले सतर्कता स्वरुप पुस १ गतेपछि बेलायतबाट वा बेलायतको बाटो हुँदै नेपाल आएकाहरुको खोजी गरेर परीक्षण गर्न लागेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उनले पिसिआर परीक्षण गरी कोरोना संक्रमण पुष्टि भएकाहरुको जीन स्विक्वेन्सिङ गर्ने भन्दै यसको जिम्मेवारी स्वास्थ्य सेवा विभागलाई दिइएको बताए ।

यसैबीच सरकारले अबदेखि पिसिआर परीक्षणका लागि निजी प्रयोगशाला नपाठाउने पनि निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले यसअघि सरकारले कोरोना परीक्षणका लागि संकलन गरेको स्वाब निजी प्रयोगशालामा पठाउँदै आएकोमा अब त्यसो नगर्ने नगराउने निर्णय गरिएको बताए ।

Last modified on 2020-12-28 15:18:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts