नेपालमा कोरोनाका कारण संक्रमित हुने पुरुषको संख्या ६५ प्रतिशत, २४ घन्टामा थपिए ४ सय ८१ संक्रमित



Download our app to get more features

काठमाडौं, १२ पुस । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुने पुरुषको संख्या ६५ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ३ सय २ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको पुरुषको संख्या  १ लाख ६ड हजा २ सय ५८ पुगेको छ । यो दर कुल संक्रमितको ६५ प्रतिशत हो ।

यस्तै गत २४ घन्टामा थप १ सय ७९ महिलामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुने महिलाको संख्या ८९ हजार ९ सय २३ पुगेको छ । यो कुल संक्रमितको ३४ दशमलव ५ प्रतिशत हो ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसा गत २४ घन्टामा देशभर ३ हजार ८ सय २८ पिसिआर परीक्षण गर्दा थप ४ सय ८१ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ ।
 
गत २४ घण्टामा ३ हजार ८२८ जनाको पिसिआर परीक्षण गर्दा ४८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९ हजार ६५४ पुगेको छ ।

यस्तै हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ४९ हजार नाघेको छ । गत २४ घन्टामा थप ७ सय ३१ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणपछि निको भएसँगै स्वस्थ हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ । यो दर कुल संक्रमितको ९६ दशमलव ८ प्रतिशत हो ।

यस्तै हाल नेपालभर सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ९९ रहेको ।

Last modified on 2020-12-27 17:27:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts