स्वास्थ्य तथा जनसंख्यामन्त्री त्रिपाठीले गरे पदभार ग्रहण



Download our app to get more features

काठमाडौं, १२ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पदभार ग्रहण गरेका छन् । 

मन्त्री त्रिपाठीले आइतबार दिउँसो २ बजे मन्त्री त्रिपाठीले कार्यभार सम्हालेका हुन् । 

मन्त्री त्रिपाठीलाई स्वास्थ्य राज्यमन्त्री नवराज रावत र मन्त्रालयका अन्य कर्मचारीहरुले स्वागत गरेका थिए । 

पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले आगामी वर्ष २ सय ६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेका छन् ।

 

शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेपछि पुराना मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर गरिएको थियो । 

यसअघि सामान्य प्रशासन मन्त्री रहेका त्रिपाठी स्वास्थ्यमा आएका हुन् भने यसअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पर्यटन मन्त्रालयमा गएका छन् । 

शुक्रबार नै मन्त्री त्रिपाठीले कार्यभार सम्हाल्ने तयारी गरेको भएपनि सोही दिन मन्त्रिपरिषद्को बैठक बसेकाले अबेर हुने भन्दै आइतबार मात्र स्वास्थ्यको कार्यभार सम्हाल्ने बताएका थिए । 

Last modified on 2020-12-27 17:27:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts