सुर्खेतमा कोरोना संक्रमित ८२ वर्षीया महिलाको मृत्यु

सुर्खेत, १२ पुस । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्र नगरपालिका वडा नं ६, निवासी ८२ वर्षीया महिलाको मृत्यु भएको हो ।
उनको आइतबार बिहान ८ः४२ बजे बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।ज्वरो र सास फेर्नमा कठिनाई भएपछि ती महिलालाई पुस १० गते राति प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
उनलाई प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा सबै विधिबाट उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभइ उपचारकै क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ ।उनको शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको कँडेलले बताए ।
यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुनेको संख्या २६ पुगेको छ ।