बुटवलको कोरोना अस्पतालबाट संक्रमित बिरामी भागे

रुपन्देही, १२ पुस । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा भर्ना भएका एक जना बिरामी भागेका छन् ।
अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामी अस्पतालबाट आइतबार विहान वेपत्ता भएका हुन् । निमोनियाका रोगी बुटवलका ५५ वर्षिय पुरुष लुम्बिनी प्रादशिक अस्पतालमा उपचारका लागि गएकोमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।
‘गत बुधबार कोरोना पुष्टि भएसँगै अस्पतालको आइसियु कक्षमा भर्ना भएका उनलाई अस्ति मात्रै प्लाज्मा चढाइएको थियो । उनका एक आफन्तले भने । अस्पतालको लापरवाहीका कारण उनी हराएको परिवारको आरोप छ ।
आईसीयुमा भर्ना भएका संक्रमित पिशाव फेर्न बाहिर आउनै नसक्ने संक्रमितकी श्रीमतीले बताईन् । ‘बेडमा चढाईएको सलायन नफेरेर सबै रगत फक्र्यो, मलाई मार्ने भए, मलाई लिन आउ भनेर फोन आएको थियो, हामीले भोली डाक्टरसँग सल्लाह गरेर आउँछौं भन्यौं ।’ संक्रमितका श्रीमतीले भनिन् । अस्पतालबाट भागेका उनी परिवारलाई फोन गर्न भनी बुटवल स्थित एक होटलमा रहेका आफन्तलाई भेट्न पुगेको र त्यसपछि सम्पर्कमा नआएको पारिवारीक स्रोतले बताएको छ ।
बिहान पिशाव फेर्न गएका ती संक्रमित शौचालयबाटै जङ्लतिर भागेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले भने ।‘उनले हिजो साँझदेखि नै घर जाने इच्छा व्यक्त गरेका थिए । उपचार नसकिएको हुनाले हामीले डिस्चार्ज दिएनौं । ‘अस्पतालले घर जान नदिएपछि भागेको हुन सक्छ ।’ अस्पतालबो पछाडीबाट जँगलतिर भागेका उनलाई त्यहाँका कर्मचारी र कुरुवाहरुले केहिबेर पिछा गरेपनि राजमार्ग पार गरेर जङ्ल पसेपछि नियन्त्रणमा लिन नसकिएको उनले बताए ।
अस्पतालबाट वेपत्ता भएका उनलाई खोजी सुरक्षाकर्मीहरुको सहयोगमा खोजी कार्य भइरहेको अस्पतालले बताएको छ ।