रसुवा अस्पतालमा शल्यक्रिया बिनै पाँच किलोग्रामको शिशु जन्मियो



Download our app to get more features

रसुवा, १२ पुस । रसुवा अस्पतालमा एक जना गर्भवतिले पाँच किलोको शिशु जन्माएकी छन् । 

शल्यक्रिया बिनै रसुवा अस्पतालमा पाँच किलोग्राम तौल भएको शिशुलाई सुत्केरीले सुरक्षित जन्म दिएकी छन् ।

रसुवा अस्पतालमा प्रसुति सेवाका लागि भर्ना भएकी रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेकी २८ वर्षीया दावा तामाङले दोस्रो सन्तानको रुपमा पाँच किलोको स्वस्थ बच्चालाई जन्म दिएकी हुन् । 

प्रसुति व्यथा लागेपछि अस्पताल पु¥याइएकी उनले पहिलो पटक शल्यक्रिया नगरि सामान्य बच्चाको भन्दा धेरै पाँच केजी तौल भएको बच्चा जन्माएकी अस्पतालले जानकारी दिएको छ ।

सुरुमा बच्चा थोरै अड्किएको भएपनि शल्यक्रिया नगरी नै सुरक्षित प्रसूति गराइएको र हाल शिशु र आमा दुवै डिष्चार्ज भई घर फर्किसकेका छन् ।

धुन्चे अस्पतालका डा. रेसल पोखरेलले धेरै तौल भएको बच्चा शल्यक्रिया नगरि सामान्य तरिकाले जन्मिनु खुशीको कुरा भएको बताए । 

सामान्यतया ४ किलोभन्दा बढी तौल भएको बच्चा गर्भमा रहँदा शल्यक्रिया नै गर्नुपर्ने अवस्था हुन्छ । डा. पोखरेलका अनुसार हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो तथा सामान्य रहेको छ । रसुवा अस्पतालमा पाँच किलोग्राम तौलको बच्चाको जन्म भएको यो पहिलो घटना हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts