देशभर ३ हजार ३४९ जना होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, ११ पुस । देशभर अहिले ३ हजार ३ सय ४९ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ६ हजार ७ सय ४९ कुल सक्रिय संक्रमितमध्ये ३ हजार ३ सय ४९ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। 

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र १ हजार ५ सय ९ जना संक्रमित होम आइसोलेसनमा छन्। 

प्रदेश १ मा ८६, प्रदेश २ मा ३१, गण्डकी प्रदेशमा ५ सय ३, लुम्बिनी प्रदेशमा ७ सय ३७, कर्णालीमा ९० र सुदूरपश्चिममा ३ सय ९३ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts