थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु, २ सय २८ जना आईसीयूमा उपचाररत

काठमाडौं, ११ पुस । नेपालमा थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर जम्मा ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय १९ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७१ प्रतिशत हो ।
यस्तै हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये २ सय २८ जना आईसीयूमा उपचाररत रहेका छन् भने ५० जना भेन्टिलेटरमा उपचार गराईरहेका छन् ।
यस्तै हाल देशभर ३ हजार ३ सय ४९ जना होम आइसोलेसनमा रहेका छन् ।
Last modified on 2020-12-27 09:46:58