भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा सुरु हुने 



Download our app to get more features

चितवन, ११ पुस । भरतपुर अस्पतालमा आँखा रोग उपचार सेवा सुरु हुने भएको छ ।

यहीँ पुस महिनाभित्र आँखाको उपचार सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ ।  उपचारका लागि आवश्यक पर्ने सामाग्रीहरु किन्ने प्रकृया सुरु भैसकेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले बताए । 

अस्पतालमा आँखा उपचार सेवा सुरु गर्न स्वास्थ्य मन्त्रालयले छात्रवृति कोटामा दुईजना चिकित्सकलाई भरतपुर अस्पतालमा पठाइसकेको छ ।

सुगर, प्रेसर लगायतका बिरामीको आँखाको सामान्य उपचारमा समेत बाहिर पठाउनुपर्ने भएकोले आँखा सेवा सुरु गर्न लागिएको अस्पतालका मेसु डा.तिवारीले बताए । भरतपुर अस्पतालकै जमिनमा भरतपुर आँखा अस्पतालले आँखाको उपचार दिँदै आएको छ ।
 

Last modified on 2020-12-26 19:36:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts