काठमाडौं उपत्यकामा २७९ संक्रमित थपिए

काठमाडौं, १० पुस । पछिल्लो २४ घण्टामा काठमाडौं १ सय १५ महिला र १ सय ६४ पुरुष गरी २ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख १९ हजार ६ सय २८ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ सय १२ , ललितपुरमा ४७ र भक्तपुरमा २० जनालाई कोरोना संक्रमण देखिएको छ।
हालसम्म काठमाडौंमा मात्र ९५ हजार ८ सय ७० जना संक्रमित भएका छन्, जसमध्ये ४ सय ५९ जनाको मृत्यु भएको छ। हालसम्म ९२ हजार २ सय ९५ जना निको भएका छन्।
ललितपुरमा १४ हजार ९ सय ९९ जना संक्रमित भएका छन्। जसमा १ सय ४४ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ३ सय ७१ जना निको भएका छन्।
भक्तपुरमा ८ हजार ७५९ संक्रमितमध्ये ९८ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ४४८ जना निको भएका छन्।
आज काठमाडौंमा ३ हजार १ सय १६ ललितपुरमा ४ सय ८४ र भक्तपुरमा २ सय १३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।