नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ सय १६, ४६ जना भेन्टिलेटरमा

काठमाडौं, १० पुस । नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालभर ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय १६ पुगेको छ ।
यस्तै हाल नेपालभर कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये २ सय ४९ जना आईसीयूमा उपचाररत छन् भने ४६ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
सबैभन्दा धेरै बागमति प्रदेशमा मात्रै ९३ जना आईसीयूमा उपचाररत छन् भने २८ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ३ जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
Last modified on 2020-12-25 22:23:54