नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ९२, निको हुनेदर ९६ प्रतिशत नाघ्यो

काठमाडौं, १० पुस । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार १ सय ४२ पिसिआर परीक्षण गर्दा थप ६ सय ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा थप ३ सय ७१ जना पुरुष र २ सय ३६ जना महिलामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ ।
यस्तै गत २४ घन्टामा कोरोनाका कारण संक्रमित भएकामध्ये थप ८ सय ९५ जना स्वस्थ भएका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ । यो दर कुल संक्रमितको ९६ दशमलव ५ प्रतिशत हो ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ भने क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ६९ रहेको छ ।