'कोरोना खोप ल्याउने प्रक्रियामा राजनीतिक घटनाक्रमले असर गर्दैन'



Download our app to get more features

काठमाडौं, १० पुस । कोरोना भाइरसविरुद्धको खोप नेपाल ल्याउन राजनीतिक घटनाक्रमले असर नगर्ने भएको छ । खोप नेपाल ल्याउन प्रक्रिया अगाढि बढिसकेकाले कुनै असर गर्ने स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए ।

अहिले कानुनी समस्याहरु हटाएर औषधि ऐनमा परिवर्तन गरिएकाले रकमको समस्या नहुने उनले बताए ।  'जुन देशबाट हामीले खोप ल्याउँछौँ, त्यो देशमा खोप लगाइसकेको हुनु पर्ने र चिस्यान प्रविधिलाई ध्यान दिनुपर्छ, उनले भने ।    

सबै नागरिकलाई एकैपटक खोपको उपलब्धता हुन सक्दैन । १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि खोप अहिले उपलब्ध हुन सक्दैन । विश्वमा कतै पनि १५ वर्षभन्दा कम उमेरका बालबालिकाहरुको लागि कोरोनाको खोपको परीक्षण नगरिएको डा.गौतमले बताए । 
‘कोभ्याक्स सुविधा’ मार्फत् २० प्रतिशत नागरिकलाई पुग्ने खोप नेपाल ल्याउन लागिएको छ । यो संयन्त्रमार्फत् नेपालसहित १  सय ५० वटा देशका २० प्रतिशत नागरिकले खोप पाउँछन् ।  कोभ्याक्स सुविधामार्फत् खोप आउने लगभग पक्का जस्तै छ । बाँकी खोपहरु ल्याउनका लागि पनि प्रक्रिया अगाडि बढिसकेको छ । 

खोप  मात्रै कोरोनाको समाधान होइन भन्दै उनले खोपभन्दा मास्क राम्रो हो भन्ने कुरा थाहा पाउनुपर्नेमा जोड दिए ।  खोपले  ८० देखि ९० प्रतिशतलाई मात्रै कभर गर्ने भएकाले आफैले स्वास्थ्यका मापदण्ड पालना गर्न प्रवत्ता डा. गौतमको सुझाव छ ।  

Last modified on 2020-12-25 16:27:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts