प्रदेश १ मा विद्यालय नर्ससहित ९६ जनालाई करारमा नियुक्त गरिदै

काठमाडौं, १० पुस । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ७७ जना विद्यालय नर्ससहित ९६ जनालाई करारमा नियुक्त गर्ने भएको छ।
प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले करारमा विद्यालय नर्स ७७ जना, डेन्टल सर्जन १, आयुर्वेद चिकित्सक ५, होमियोप्याथिक चिकित्सक ३ र मेडिकल ल्याब टेक्नोलोजिष्ट १० जना गरि ९६ जनालाई करारमा नियुक्त गर्न लागेको हो ।
निर्देशनालयले लिखित र अन्तर्वार्ता परीक्षाका आधारमा उनीहरुलाई करारमा नियुक्त गर्न लागेको छ। करारमा जागिर खान इच्छुकले पुस २४ गतेसम्म आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
Last modified on 2020-12-25 16:28:12