प्रमाण-पत्रसहितका कागजात लिएर सम्पर्क गर्न १२ चिकित्सकलाई एनएमसीको ताकेता

काठमाडौं, १० पुस । नेपाल मेडिकल काउन्सिलले १२ जना चिकित्सकहरुलाई ३० दिनभित्र काउन्सिलमा सम्पर्क गर्न भन्दै सूचना जारी गरेको छ ।
काउन्सिल ऐन २०२० को दफा १३ मा भएको व्यवस्थाबमोजिम दर्ता किताब दुरुस्त राखी समयसमयमा नाम दर्ता भएका चिकित्सकहरुको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्ने, दिवंगत भएका वा सदस्यताबाट नाम हटाइने १२ जना चिकित्सकहरुको नाम सार्वजनिक गरि काउन्सिलमा सम्पर्कका लागि भनिएको छ ।
काउन्सिलले चिकित्सकको नाम धोखा वा गल्तीले हट्न गएको रहेछ भने सूचना प्रकाशित भएको ३० दिनभित्र काउन्सिलमा सम्पर्क गर्नपनि आग्रह गरेको छ ।
यस्तो छ काउन्सिलले सार्वजनिक गरेको १२ जना चिकित्सकको सूचीः
Last modified on 2020-12-25 14:42:50