देशभर ३९३३ जना होम आइसोलेसनमा

काठमाडौं, ९ पुस । देशभर ३ हजार ९३३ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्।
७ हजार ३८४ कुल सक्रिय संक्रमितमध्ये ३ हजार ९३३ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बाँकी ३ हजार ४५१ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र एक हजार ८०१ जना संक्रमित होम आइसोलेसनमा छन्।
प्रदेश १ मा २२५, प्रदेश २ मा ३३, गण्डकी प्रदेशमा ६०७, लुम्बिनी प्रदेशमा ७२०, कर्णालीमा ७९ र सुदूरपश्चिममा ४६८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।