राष्ट्रिय ट्रमा सेन्टरबाट गंगामायाले थालिन् १२ औं आमरण अनसन



Download our app to get more features

काठमाडौं, ९ पुस । गंगामाया अधिकारीले पुनः आमरण अनसन सुरु गरेकी छन् । 

राष्ट्रिय ट्रमा सेन्टरको सातौं तल्लामा उनले आइसोलेसन बेडबाटै सत्याग्रह सुरु गरेकी हुन् ।

गोरखा फुजेलकी गंगामायाका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएपछि न्यायका लागि भन्दै आमरण अनसनमा बसेकी हुन् । उनका छोरालाई तत्कालिनमा माओवादीहरुले चितवनमा अपहरण गरी २०६१ जेठ २४ गते हत्या गरेका थिए ।

त्यसपछि गंगामाया र उनक पति नन्दप्रसाद अधिकारीले राज्यका हरेक निकायमा पुगेर छोराको हत्यामा संलग्नलाई कानुनअनुसार कारबाही गरिपाऊँ भनी निवेदन दिएका थिए । तर, कतैपनि सुनुवाइ नभएपछि उनीहरु काठमाडौं आएर २०७० साउनदेखि प्रधानमन्त्री कार्यालय बालुवाटार अगाडि सडकमै अनसन बस्न सुरु गरेका थिए । हालसम्म पनि उनले आफूले न्याय नपाएको भन्दै पुनः अनसनमा बस्नु परेको बताएकी छन् ।

१२ औं पटक अनसनमा बसेकी गंगामायाले पटकपटक न्याय पाउने आश्वासन पाएपनि हालसम्म न्याय पाउन नसकेको हुनाले यस पटक न्याय नपाएसम्म अनसन नतोड्ने पनि बताएकी हुन् । 

Last modified on 2020-12-25 10:43:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts