थप ५ जना कोरोना संक्रमितको मृत्यु, ४९ जना भेन्टिलेटरमा उपचारत

काठमाडौं, ९ पुस । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ सय ८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ८ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७ प्रतिशत हो ।
हाल नेपालभर २ सय ६१ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ४९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
Last modified on 2020-12-25 07:35:12