नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार नाघ्यो, थप ७ सय ३९ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, ९ पुस । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ५ सय १० पिसिआर परीक्षण गर्दा थप ६ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार ३ सय ८० जना पुरुष र २ य ३३ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप ७ सय ३९ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमा हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ । यो दर कुल संक्रमितको ९६ दशमलव ४ प्रतिशत हो । 

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ८४ रहेको छ भने क्वारेन्टाइनमा रहनेको संख्या ४ सय रहेको छ । 

Last modified on 2020-12-24 17:05:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts