बाहिर मुलुकबाट नेपाल प्रवेश गर्नेहरुको पिसिआर निःशुल्क गर्न सरकारी प्रयोगशालालाई निर्देशन



Download our app to get more features

काठमाडौं, ८ पुस । सरकारले बाहिर मुलुकबाट आउने व्यक्तिको पिसिआर निःशुल्क गर्न सबै सरकारी प्रयोगशालालाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको प्रजातिको संक्रमण नियन्त्रण तथा रोकथामका लागि बाहिरबाट नेपाल आउने व्यक्तिलाई आएको मितिदेखि १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्न र नजिकैको सरकारी प्रयोगशालामा आरटी पिसिआर परीक्षण गराउन भनेको छ ।

मन्त्रालयले पुस १ गतेदेखि ७ गतेभित्र बेलायतबाट वा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गर्ने सबै जनालाई होटेल क्वारेन्टाइनमा बस्न र नेपाल प्रवेश गरेको मितिले ७ दिनदेखि १० दिनभित्र पिसिआर परीक्षण गराउन आग्रह गरेको छ । साथै सबै सरकारी प्रयोगशालाहले बाहिरबाट नेपाल प्रवेश गर्ने व्यक्ति जो क्वारेन्टाइनमा बसेकाहरुको पिसिआर परीक्षण निःशुल्क गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts