नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ९६ दशमलव ३ प्रतिशत, थप ७ सय ४३ जनामा संक्रमण पुष्टि  



Download our app to get more features

काठमाडौं, ८ पुस । नेपालमा कोरोना संक्रमणपछि निको हुने दर ९६ दशमलव ३ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९ सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४६ हजा ६ सय ६१ पुगेको छ । यो दर कुल संक्रमितको ९६ दशमलव ३ प्रतिशत हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा नेपलमा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनले २४ घन्टामा देशभर ६ हजार ५ सय ६९ पिसिआर परीक्षण गर्दा २ सय ७९ महिला र ४ सय ६४ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको बताए ।

नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ । 

हाल नेपालभर ७ हजार ५ सय १५ सक्रिय संक्रमित रहेका छन् भने ४ हजार १ सय १९ जना होम आइसोलेसनमा छन् ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts