नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ सय ३ पुग्यो



Download our app to get more features

काठमाडौं, ८ पुस । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ३ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७ प्रतिशत हो ।

यस्तै हाल नेपालभर २ सय ४८ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ५० जना भेन्टिलेटरमा भइरहेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts