पछिल्लो २४ घण्टामा ७२२ संक्रमित थपिए, ९ सय ६६ डिस्चार्ज

काठमाडौं, ७ पुस । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय २२ जनामा कोरोना भाइरस संक्रमित भपिएकाछन् । भने देशभरबाट थप ९ सय ६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ७ हजार जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ७ सय २२ जनाको कोरोना भाइरस पोजेटिभ आएको छ ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ ।
हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७२९रहेको छ ।
पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।
Last modified on 2020-12-22 18:31:34