होम आइसोलेसनका संक्रमितको अवस्था बुझ्न स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन सुरु 



Download our app to get more features

काठमाडौं, ७ पुस । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले होम आइसोलेसनमा रहेका कोरोना संक्रमतिको अवस्थाबारे अनुसन्धान सुरु गरेको छ। 

कोरोना संक्रमण भएर घरमै आइसोलेसनमा बसेका संक्रमितको वास्तविक अवस्थाबारे जानकारी लिन अनुसन्धान सुरु गरिएको हो ।

सरकारले लक्षणविहीन तथा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई होम आइसालेसमा राख्ने निती लिएपछि हाल अस्पतालमा भन्दा होम आइसोलेसनमा बढी संक्रमित छन्। सामान्य लक्षण भएका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्ने भनिएपनि पछिल्लो समय होम आइसोलेसनमा समेत संक्रमितको मृत्यु हुन थालेको छ।

होम आइसोलेसनमा बस्ने संक्रमित बढ्दै गएको र उनीहरुको मृत्यु समेत हुन थालेपछि स्वास्थ्य मन्त्रालयले परिषद्लाई होम आइसोलेसनमा हुने संक्रमितको अध्ययन गर्न निर्देशन दिएको थियो। 

‘होम आइसोलेसनमा भएका संक्रमितको अवस्थाबारे अध्ययन गर्न परिषद्का ५ जना अनुसन्धान अधिकृतलाई खटाएको छ। अनुसन्धानका लागि होम आइसोलेसनमा रहेका संक्रमितको तथ्यांक लिएर उनीहरुसँग टेलिफोन सम्पर्क गरी अध्ययन गरिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांकका अनुसार देशभर ७ हजार ९७६ जना सक्रिय संक्रमित छन्। ती मध्ये  ४ हजार ५०८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
परिषद्ले भने होम आइसोलेसनमा बसेका करिव ७ सय जना कोरोना संक्रमितसँग टेलिफोन सम्पर्क गरी उनीहरुको अवस्थाबारे अध्ययन गर्ने जनाएको छ।

Last modified on 2020-12-22 16:42:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts