देशभर ४५०८ संक्रमित होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, ६ पुस । देशभर हाल ४ हजार ५ सय ८ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ७ हजार ९ सय ७६ कुल सक्रिय संक्रमितमध्ये ४ हजार ५ सय ८ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय ६८ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। 

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र २ हजार २ सय ५३ जना संक्रमित होम आइसोलेसनमा छन्। 

प्रदेश १ मा २ सय ६१, प्रदेश २ मा २९, गण्डकी प्रदेशमा ६ सय ५७, लुम्बिनी प्रदेशमा ७ सय ३२, कर्णालीमा १ सय २ र सुदूरपश्चिममा ४ सय ७४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts