काठमाडौं उपत्यकामा ३११ नयाँ संक्रमित थपिए 



Download our app to get more features

काठमाडौं, ६ पुस । पछिल्लो २४ घण्टामा काठमाडौं १ सय ३० महिला र १ सय ८१ पुरुष गरी ३ सय ११  जना कोरोना संक्रमित थपिएका छन्। 
योसँगै उपत्यकामा एक लाख १८ हजार ४ सय २२ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २ सय ३५ , ललितपुरमा ५५ र भक्तपुरमा २१ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

हालसम्म काठमाडौंमा मात्र ९४ हजार ९सय ९ जना संक्रमित भएका छन्, जसमध्ये ४ सय ५४ जनाको मृत्यु भएको छ। हालसम्म ९१ हजार ७ जना निको भएका छन्।

ललितपुरमा १४ हजार ८ सय ४९ जना संक्रमित भएका छन्। जसमा १ सय ४२ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ७९ जना निको भएका छन्।

भक्तपुरमा ८ हजार ६ सय ६४ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ३ सय २३ जना निको भएका छन्।

आज काठमाडौंमा ३ हजार ४ सय ४८  ललितपुरमा ६ सय २८ र भक्तपुरमा २ सय ४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts