पछिल्लो २४ घण्टामा थप ७ संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं, ६ पुस । पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको  संख्या १ हजार ७ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ११ जना संक्रमितको मृत्यु भएको थियो। 

७ सय ४२ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ। कुल संक्रमितमध्ये ८ हजार ३ सय २० जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७७ हजार १ सय ८१ पुगेको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।     


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts