नेपाल फार्मेसी परिषदद्वारा लाइसेन्स परीक्षा फारम खुला



Download our app to get more features

काठमाडौं, ६ पुस । नेपाल फार्मेसी परिषदले १६ औँ लाइसेन्स परीक्षाको फारम खुला गरेको छ। परिषदले आज सूचना जारी गर्दै १६ औँ लाइसेन्स परीक्षाको लागि फारम खुला गरेको हो। 

लाइसेन्स परीक्षामा सहभागी हुन चाहनले सोमबारदेखि माघ ६ गतेभित्र फारम भरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। नाम दर्ता आवेदन फारम परिषदको वेबसाइडमा भएको नेम रेजिस्ट्रेशनमा भर्न सकिनेछ। 

कुनै पनि आवेदकले तीन पटकभन्दा बढी फारम भरे तथा कुनै पनि कागजात प्रमाणित हुन नसकेको अवस्थामा आवेदन रद्द गरिने परिषदले जनाएको छ। आवेदन फारममा माग गरिएको सबै कागजात नभएमा पनि मान्यता नदिने सूचनामा उल्लेख गरिएको छ। 

परिषदले चार/चार महिनाको अन्तरालमा वर्षको तीन पटक लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts