काठमाडौं उपत्यकामा २३८ संक्रमित थपिए 



Download our app to get more features

काठमाडौं, ५ पुस ।  पछिल्लो २४ घण्टामा काठमाडौं सय महिला र १ सय ३८ पुरुष गरी २ सय ३८  जना कोरोना संक्रमित थपिएका छन्। 
योसँगै उपत्यकामा संक्रमित एक लाख १८ हजार १ सय ११ जना पुगेका छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १ सय ७९ , ललितपुरमा ३३ र भक्तपुरमा २६ जनालाई  कोरोना संक्रमण देखिएको छ।  त्यसैगरी, आज काठमाडौंमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ९४ हजार ७४ जना संक्रमित भएका छन्, जसमध्ये ४ सय ५४ जनाको मृत्यु भएको छ। हालसम्म ९० हजार ७९  जना निको भएका छन्।

ललितपुरमा १४ हजार ७ सय ९४ जना संक्रमित भएका छन्। जसमा १ सय ४२ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार २८ जना निको भएका छन्।

भक्तपुरमा ८ हजार ६ सय ४३ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार २ सय ९८ जना निको भएका छन्।
आज काठमाडौंमा ३ हजार ५ सय ४१  ललितपुरमा ६ सय २४ र भक्तपुरमा २ सय ४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts